झाँँक्री पक्राउ प्रकरणमा गगनकाे टिप्पणी : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउने ?
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २९, बिहिबार
काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा सरकारलाई प्रश्न गरेका छन्, कर्तव्य निर्वाह छाडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?
थापाले उहिले महाराजा हुनेमा त्याे अहिले राष्ट्रपति बन्न खाेजिरहेकाेमा पनि टिप्पणी गरेका छन् । उनले सत्यकाे पक्षमा मुख खाेल्नेहरु त्रसित नहुने र यसकारण झ्यालखानाकाे सख्या थप्न सरकारलाई व्यग्य पनि गरेका छन् ।


