relans
ni new 83
nib 2082 5

झलनाथ भेट्न डल्लु निवासमा प्रधानमन्त्री देउवा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १७, बिहिबार

काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग उनकै निवास पुगेर भेट गरेका छन्। बिहीबार साँझ डल्लुस्थित निजी निवासमा पुगेर देउवाले खनालसँग भेट गरेका हुन्।

भेटका क्रममा देउवाले खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत खनालसँग भेट भएको जानकारी दिएका छन्। प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्यमा निकै सुधार भएको पनि बताएका छन्।

उनले भनेका छन्– ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालजीको निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए। उहाँको स्वास्थ्यमा निकै सुधार भएको रहेछ । झलनाथजीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु। ’

भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरी केही दिन अगाडि स्वदेश फर्किएका नेता खनाल अहिले घरमै बसेर स्वास्थलाभ गरिरहेका छन्।

Categorized in राजनीति
ppp 2