STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्योती फिल्मस् म्युजिक अवार्डको फिनाले दुबईमा हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर ६, बुधबार

विगत चारपाँच वर्ष देखि फिल्म र म्युजिक विधामा पुरस्कारको कार्यक्रम गर्दै आएको  ज्योति फिल्मस् म्युजिक अवार्ड– २०८० अवार्डको पाँचौं संस्करण आगामी पुस १ गते दुबईमा सम्पन्न हुने भएको छ ।

अवार्ड हुने मिति घोषणा गर्दै  उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । 

रोयल मुभिज प्रालिको प्रस्तुतीमा बिगत चार बर्ष संस्करण नेपालमा आयोजना हुँदै आइरहेको ज्योति फिल्मस् म्युजिक अवार्ड यस वर्षको पाँचौं संस्करणको फिनाले युएईको बरदुबईमा हुँनेछ । जम्मा ३३ बिधा रहेको यस अवार्डबाट उठेको रकम यसपटक जाजरकोट र रुकुम भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने कुरा आयोजकले बताएका छन् । 

रोयल मुभिज प्रालिको प्रस्तुति र सिन्धुपाल्चोक सेवा समाज यूएईको सहकार्यमा पुस १ अर्थात ‘१७ डिसेम्बर २०२३’ मा याक एण्ड यति ग्राण्ड एस्टोरिया होटल बरदुबईमा आयोजना हुने रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठले जानकारी गराएका छन् । श्रेष्ठका अनुसार नेपालबाट झण्डै ३० जना कलाकार र आयोजक टिम अवार्ड समारोहका लागि दुबई जाने तयारी भइरहेको छ । 

अवार्डको आयोजक समितिमा अध्यक्ष निरेन श्रेष्ठ, कार्यक्रम संयोजक राजेन्द्र पुरी, उपाध्यक्ष रमेश श्रेष्ठ, कोषाध्यक्ष उमादेवि श्रेष्ठ, सचिव अस्मिता धमला, सदस्यहरु पूर्णिमा घिसिङ, तारा भण्डारी, बिएन नारायण बहादुर र केशब राना रहेका छन् ।

Categorized in साहित्य-कला