relans
ni new 83
nib 2082 5

ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन र तीन नेवाः मिडियालाई सम्मान गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १३, मंगलबार

नेपालका तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी तथा समाजसेवी कृष्णा ताम्राकार र पुराना पत्रकार, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख राजाराम श्रेष्ठलाई अभिनन्दन गरिन लागिएको कुरा आयोजकले जानकारी गराएको छ । काठमाडौंको कान्तिपथस्थित एलो पेगोडा होटलमा हुने अभिनन्दन कार्यक्रममा नेवाः सञ्चारका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका तीनवटा सञ्चार गृहहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ । त्यसरी सम्मानीत हुने सञ्चारगृहहरुमा छापातर्फ १६ वर्षदेखि नियमित रुपमा प्रकाशित ‘‘न्हू प्रेष्टिज नेपाः” मासिक, १३ वर्षदेखि नियमित रुपमा सञ्चालित उज्यालो रेडियो नेटवर्कको ‘‘लहना” ज्याझ्वः र ९ वर्षदेखि प्रशारित ‘‘नेपाल मण्डल” टेलिभिजन छन् ।
Categorized in राष्ट्रिय
ppp 2