STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमा शुरु

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण २४, बिहिबार

नवलपरासी,  नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ ।

साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । स्वास्थ्य बीमाका लागि देवदह मेडिकल कलेज तथा रिसर्च इन्स्टिच्युट प्रालि, भलुहीबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको सुनवल नगरपालिकाले जनाएको छ । योसँगै सुनवल नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाले धेरै ज्येष्ठ नागरिकको स्वास्थ्योपचारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Categorized in राष्ट्रिय