STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्येष्ठ नागरिकलाई तीर्थाटन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १८, सोमबार

सूर्यविनायक–१ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्यलाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको छ । संस्थाका ५५ वर्षमाथिका नियमित ज्येष्ठ बचतकर्तालाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले बताउनुभयो । ज्येष्ठ सदस्यलाई सिन्धुलीको कुशेश्वर, दामनको ऋषेश्वर, ललितपुर लेलेको पाथीभरा, नुवाकोटको दुप्चेश्वर, भक्तपुर तेलकोटस्थित पञ्चमहालक्ष्मी, काभ्रेस्थलीको तारकेश्वरको शान्तिधाम लगायतका क्षेत्रमा भ्रमण गराएको उहाँले बताउनुभयो । भ्रमणमा सहभागी सानुभाइ कार्की, वासुदेव थापा, डल्लु कार्की लगायतले भ्रमण प्रभावकारी रहेको र यसले धार्मिक महत्व बढाएको बताउनुभयो । संस्थाले विसं २०६७ देखि यसप्रकारको भ्रमण गराउँदै आएको छ ।
Categorized in राष्ट्रिय