जोर–बिजोर लागु गर्न सवारी पास खारेज
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार
काठमाडौं – निजी सवारी साधनलाई दिएको सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ ।
सोमबार जोर विजोर प्रणालीलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले पास खारेज गर्ने निर्णय गरेको हो ।
मंगलबारदेखि लागू हुने गरी जिल्ला प्रशासनले जारी गरेको पास खारेज गरिएको हो ।
सरकारले कोरोना भाइरस संक्रमण फैलिएपछि अत्यावश्यक सवारीलाई जिल्लाभित्र ओहोरदोहोरका लागि पास उपलब्ध गराएको थियो ।
Categorized in राष्ट्रिय