STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १७, बुधबार

अस्ट्रेलियामा बसोबास गर्दै आएकी नेपाली लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।

काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेश सभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

नेप्लीज फेसन होमद्वारा आयोजित विमोचन समारोहमा एमाजनद्वारा प्रकाशित अंग्रेजी भाषाको उक्त उपन्यास विमोचन गरिएको हो ।

श्रेयस्कर डंगोलद्वारा कभर डिजाइन गरिएको उक्त उपन्यासलाई एमाजन अथवा अमेजनका उत्पादनहरू बेच्ने तेस्रो पक्षका विक्रेताहरूमार्फत अनलाइन रुपमा खरिद गर्न सकिने लेखिका मानन्धरले बताएकी छिन् ।

यो उपन्यास तयार पार्ने सोचका बारेमा लेखिका जेनिशा मानन्धरले काठमाडौंको झोँछे सधैं एउटा त्यस्तो ठाउँको रुपमा रहेको र साथीहरूसँग लामो समय बिताएर आफ्ना भावना तथा विचारहरू उनीहरुसंग छलफल गर्न मन पराउँछु भन्ने उदगार व्यक्त गरे । 

काठमाडौंमा जन्मिएर यतै हुर्किएकी उपन्यासकार जेनिशा मानन्धर सानै उमेरदेखि सिर्जनात्मक कार्यहरुमा रुची राख्थिन् । खासगरी जेनिशालाई काठमाडौंको उपत्यकाको संस्कृति तथा विविधताप्रति सधैं मोहित रहँदै आएकी छिन् । पत्रकारितामा स्नातक गरेकी मानन्धरले आफ्ना केही साहित्यिक सिर्जनाहरु नेपालका राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशित गरिसकेकी छिन् ।

‘अन्तराष्ट्रिय अध्ययन’ विषयमा अस्ट्रेलियाबाट स्नातकोत्तर गरेकी मानन्धरले आफ्नो व्यस्त व्यावसायिक जीवनका चुनौतीहरुका बाबजुद पनि विभिन्न रचनात्मक कार्यहरुमा आफूलाई व्यस्त राख्दै आएकी छिन् । आफ्नो व्यस्तताकै बीचमा मानन्धरले जीवनका विभिन्न कालखण्डमा छरिएका चार व्यक्तिको कथालाई लस्ट लेटर्सको शीर्षक दिएकी छिन् ।

नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित विमोचन समारोहमा लेखिका मानन्धरलाई शुभकामन दिँदै उपसभामुख रानाले नेपाली साहित्यकारको कृति अन्तर्राष्ट्रियस्तरमा प्रकाशित भएकोमा खुशी व्यक्त गर्दै यो पुस्तक नेपाली भाषामा समेत अध्ययन गर्न चाहेको धारण व्यक्त गरिन् । फरक प्रसंगमा उपसभामुख रानाले आफ्नो पाँच वर्षे कार्यकालमा निडर भएर आम जनताको आवाजलाई प्राथमिकता दिने बताइन् ।

लेखिका मानन्धरलाई बधाई दिँदै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले पछिल्लो पुस्ताले वास्तविक माया ममता गुमाउँदै गएको बताइन् । उपप्रमुख डंगोलले माया–ममता गुमाउँदै गएको अहिलेको पुस्ताका मानिसका लागि ‘लस्ट लेटर’ पुस्तक सुहाउँदो भएको टिप्पणी गरिन् । 

समारोहमा साहित्यकार इन्दिरा प्रसाईले लेखिका जेनिशा मानन्धरलाई अन्तर्राष्ट्रिय साहित्यकार बन्न सफल भएकोमा वधाइ दिँदै एमाजन जस्तो अन्तर्राष्ट्रिय संस्थाले नेपाली साहित्यकारको पुस्तक छाप्नु ठूलो उपलब्धि भएको बताइन् । 

लेखिका मानन्धर विमोचन समारोहकी सभापति तथा नेप्लीज फेसन होमकी छोरीसमेत हुन् । 

समारोहमा बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, प्रदेश सभा सांसद यमुना श्रेष्ठ, कवि उषा शेरचन लगाएका वक्ताले लेखिका मानन्धरलाई बधाइ दिएका थिए ।

तस्बिरः सुरेन्द्र थापा

Categorized in साहित्य-कला