STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जुनारको किरा नियन्त्रण गर्न विषादि 

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

यहाँका किसानले लगाएको जुनार किराले नष्ट गरेपछि त्यसको नियन्त्रण गर्न किसान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ खनियाखर्क एकैसाथ जुटेको छ ।
जुनारलाई कुहाउने झिँगा ‘चाइनिज सिट्रस फ्लाई’ ब्याक्टोसेरा मिन्याक्स ले यहाँका किसानलाई दुःख दिन थालेको छ । विगत वर्षमा जस्तै ‘ब्याक्टोसेरा मिन्याक्स’ ले यस वर्षपनि फल कुहाउन सक्ने भन्दै नियन्त्रण कार्य अघि बढाइएको हो । अहिले सो झिँगा पूर्णरुपमा नियन्त्रण गर्न दुवै कार्यालयको ५०÷५० प्रतिशत लगानीमा ‘प्रोटिनवेट’ खरीद गरिएको छ । प्रोटिनवेट जुनार किसानलाई वितरण गर्ने कार्य भइरहेको सुपरजोन कार्यान्वयन एकाइका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कमलामाई नगरपालिका– ३ मा ४३।५ र सुनकोशी गाउँपालिका– ७ मझुवाका जुनार किसानलाई ९४।५ लिटर प्रोटिनवेट वितरण गरिएको छ । रतनचुरा, तीनकन्या, वितिजोर, डुढभञ्ज्याङ र तोस्रामखोलाका किसानलाई सो प्रोटिनवेट वितरण गरिने जनाइएको छ । 
एक भाग प्रोटिनवेटमा दुई भाग पानी मिसाइ घोल बनाएर जुनारको बोटमा छर्कनुपर्छ । एक लिटर प्रोटिनवेटले एक रोपनीमा लगाइएको जुनारमा छर्कन पुग्छ । उहाँले भन्नुभयो, “ प्रोटिनवेटमा प्रोटिन तत्वसँगै विषादि रहने भएकाले किरा मर्दछ फल कुहाउने किरा नियन्त्रण गर्न यो उत्तम विधि हो ।” सुपरजोन र किसानको ५०÷५० प्रतिशत लगानीमा ८१७ लिटर प्रोटिनवेट खरीद गरिएको वरिष्ठ कृषि अधिकृत अधिकारीले जानकारी दिनुभयो । प्रोटिनवेट प्रतिलिटर रु दुई हजार पर्दछ । 
शुरुमा किराको जीवन–चक्र र आनीबानीको जानकारी नहुँदा किरा व्यवस्थापन हुन नसकेको र अहिले किराको जीवनचक्रका बारेमा जानकारी भइसकेकाले रणनीति बनाएर किरा व्यवस्थापनको विधि अवलम्बन गरिएको छ । असोज, कात्तिक र मङ्सिरमा फलको बिक्री वितरण हुने अवस्थामा किराको जीवनचक्र औँसा अवस्था व्यवस्थापनका लागि जुनार किसान, व्यापारी र उपभोक्ता सजग नरहँदा किराको प्रकोप बढेकाले नियन्त्रण गर्न समस्या भएको थियो । कोसेलीका रुपमा यस्ता फल बिक्री हुँदा अन्य स्थानमा समेत किराको सङ्क्रमण फैलिएको सुपरजोनको भनाइ छ । 
पछिल्लो समय जुनारसँगै कागती, निबुवा, सुन्तला, ज्यामिर, अम्बा, अनारलगायत विभिन्न लहरे तरकारीबालीमा यसको सङ्क्रमण बढ्दो रहेको छ ।
Categorized in राष्ट्रिय