STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जीप दुर्घटनामा चारको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 
वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उहाँले बताउनुभयो । अहिलेसम्म चार जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ । 
घटनास्थलमा प्रजिअ सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।
Categorized in अपराध-दुर्घटना