STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापानमा लगाइएको आपतकाल मे महिनाभरी पुर्‌याइयो

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २५, शनिबार

कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल पुनः बढाइएको छ ।

जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटो क्षेत्रमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर पु–याएको हो । जापानमा टोकियो ओलम्पिक हुन ३ महिना बाँकी रहँदा विभिन्न शहरमा पुन: आपातकालको समयअवाधि बढाइएको हो ।

टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले ओलम्पिक आयोजना हुन कठिन रहेको बताएका छन् । संक्रमण बढ्दै गएमा टोकियो ओलम्पिक हुने नहुनेमा अन्योल बढेको बीबीसीले जनाएको छ ।

कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाइमा सारिएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय