STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापानमा धावनमार्गमा दुई विमान ठोक्किएर पाँच जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० पौष १७, मंगलबार

काठमाडौं - जापानको हानेदा विमानस्थलमा भएको घटनामा पाँच जनाको मृत्यु भएको छ।

जापान एयरलायन्सको जहाज अवतरण गर्ने क्रममा मंगलबार कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। जसका कारण जापान एयरलायन्समा भीषण आगलागी भएको थियो। जापान एयरलायन्सका ३७९ यात्रु सकुसल रहे पनि कोस्ट गार्ड विमानमा सवार ५ जनाको मृत्यु भएको छ।

टोकियोको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ। जापानी समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो।

जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुवाँ निस्किरहेको देखिन्छ।

अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले दुई धावनमार्गमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुन सक्ने बताएको छ। विमानमा यात्रु पनि सवार थिए।

केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। फुटेजमा देखिएअनुसार धावनमार्गमा रहेको एक विमानसँग ठोक्किएर अर्को विमान अगाडि बढ्छ। यसक्रममा दुवै विमानमा ठूलो आगो लाग्छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुन सक्छ।

रोयटर्सले कोस्ट गार्डलाई उद्धृत उनीहरूले यस विषयमा अनुसन्धान गरिरहेका बताएको छ।

Categorized in अन्तर्राष्ट्रिय