STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापानको सोनी कम्पनीको नाफा बढ्यो

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

जापानको विद्यतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर ९९१६ अर्ब जापानी येन० पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १।४ प्रतिशत वृद्धि भई ८९४ अर्ब यान पुगेको छ । कम्पनीको नाफा वृद्धि हुनुमा मुख्यतः अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् । प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ ।
Categorized in अन्तर्राष्ट्रिय