STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापानको राजधानी टोकियोका लागि श्रेष्ठ अवैतनिक वाणिज्य दूत

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ६, आइतबार

काठमाडौँ, नेपाल चेम्बर अफ कमर्सले जापानको राजधानी टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत तोकेको छ । नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न श्रेष्ठलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी तोकिएको महासचिव राष्ट्रभूषण चाकुवाजीले जानकारी दिनुभयो । कर्पोरेट तथा अन्तर्राष्ट्रिय कानून व्यवसायीका रुपमा २० वर्षदेखि जापानमा कार्यरत श्रेष्ठ जापान–नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षसमेत हुनुहुन्छ । “समृद्ध राष्ट्र निर्माणका लागि जापानको प्रविधि तथा लगानी नेपाललाई आवश्यक छ, दुई देशबीच हुने व्यापार प्रवद्र्धनले नेपाल–जापानको आर्थिक, सामाजिक, सांस्कृतिक र पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगिनेछ”– रासससँग कुरा गर्दै अवैतनिक वाणिज्य दूत श्रेष्ठले भन्नुभयो । जापानलगायत विश्वका १८ शहरमा अवैतनिक वाणिज्य दूत नियुक्त गरी व्यापार प्रवद्र्धन एवं लगानी आकर्षणको वातावरण बनाउन लागिएको चेम्बरले जनाएको छ । रासस
Categorized in राष्ट्रिय