STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापानका प्रधानमन्त्रीले अमेरिका, फ्रान्स र क्यानाडाको भ्रमण गर्ने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण गर्नुहुने भएको छ । जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह ९जी–२०० को बैठक गर्दैछ । आगामी अप्रिल २२ देखि २९ सम्म हुने यस भ्रमणका क्रममा प्रधानमन्त्री आबेले इटाली, बेल्जियम र स्लोभाकियाको पनि संक्षिप्त भ्रमण गर्नुहुने जापानको विदेश मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले अमेरिका र जापानबीचको व्यापारका बारेमा पनि छलफल हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको असन्तुलित व्यापारलाई सही मार्गमा ल्याउन द्वीपक्षीय सम्झौता गर्न चाहनुभएको छ । उहाँले वार्तामा कुनै सहमति नजुटे जापानी कारहरुमा करबृद्धि गर्ने चेतावनी दिइसक्नु भएको छ । प्रधानमन्त्री आबेले जापानको ओशाकामा हुने जी–२० सम्मेलनलाई सफल बनाउन भ्रमण गर्न लागेको बताउनुभयो । यो सम्मेलन आगामी जुन २८ र २९ तारिखमा हुँदैछ । ट्रम्पले पनि आगामी मे मा जापानको भ्रमण गर्ने सम्भावना रहेको छ । आगामी मे १ तारिखमा जापानमा नयाँ सम्राट नारुहितोले राजगद्दी ग्रहण गर्दै हुनुहुन्छ ।
Categorized in अन्तर्राष्ट्रिय