STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जाति र जनजाति अन्तर परिभाषा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ७, बिहिबार

जसरी जनजातिको आफ्नै बेग्लै सामाजिक संस्कृति भाषा, रहनसहन, खानपान र इलाका हुन्छ त्यसै गरी जातिहरु हिन्दूसंस्कृति, जातिप्रथा, भाषा आदिका अभिन्न अगं हुन् । जातिहरुको परम्परा हिन्दू सामाजिक व्यवस्था सँगैसँगै जोडिएको हुन्छ । जातिभित्र बाहुन, क्षेत्री, वैश्य, शुद्र (राजपुत र कायस्थ, वैश्य र सार्की दमाई कामी (शुद्र अछुत) आदि पर्दछन् । अर्थात् जातिभित्र दलितहरु पनि पर्दछन् । जातिभित्र एउटा उच्च जाति र अर्को जाति गरी २ प्रकारको विभाजन गरिएकाृ छ । जाति र जनजातिबीचको अन्तर जाति र जनजातिबिचको अन्तर के हो र कसरी यी दुई बिचको भिन्नता जान्ने भन्ने विषयमा हामीले निम्न लिखित फरकहरु जान्नु पर्ने हुन्छ जसले यी दुई बिचको अन्तर केही हदसम्म स्पष्ट हुन्छ । १) जातिहरुले हिन्दू सामाजिक व्यवस्थालाई निरन्तरता दिनुका साथै त्यसको प्रभाव विस्तार गर्दै समाजमा आफ्नो स्थान उच्च राख्न सफल भएका छन् । जनजातिमा यसको अभाव छ । २) जातिहरु हिन्दू संस्कृति, जातिप्रथा, भाषा र अर्थतन्त्रअन्तर्गत आबद्ध हुन्छन् भने जनजातिका बेग्लै संस्कृति, भाषा र परम्परा हुन्छन् । त्यसका साथै यिनीहरु आर्थिक दृष्टिबाट आत्मनिर्भर हुन्छन् । ३) जातिहरुको बेग्लै भिन्नै परम्परा हुँदैन । उनीहरुको परम्परा हिन्दू समाज व्यवस्थासंगै जोडिएको हुन्छ तर जनजातिहरुले आफ्नो बिशेषता गुमाउँदै गएको भए तापनि परम्परालाई भने जीवितै राखेका हुन्छन् । ४) जातिहरुको स्तर जनजातिहरुको जस्तो पिछडिएको हुँदैन तर जनजातिहरुको सामाजिक र आर्थिक स्तर पिछडिएको हुन्छ । ५) जातिहरुमा हाडनातामा विवाह गर्नु दण्डनीय र वर्जित हुन्छ भने जनजातिहरु हाडनातामा विवाह गर्ने गर्दछन् । ६) जातिहरु कुनै निश्चित् इलाकाभित्र सीमित भएर रहेका हुँदैनन् भने जनजातिहरु एक निश्चित इलाकाभित्र सीमित रहेका हुन्छन् । ७) जातिभित्र बहुपति प्रथा र भाउजुलाई देवरले स्याहार्ने प्रथा कहीँ पनि देख्न पाइँदैन तर जनजातिभित्र त्यस्तो प्रथा पनि छ । ८) जाति एक सामुहिक समूह हो भने जनजाति एक स्थानीय समूह हो । ९) जातिको राजनैतिक संगठन हुँदैन भने जनजातिको राजनैतिक संगठन हुन्छ । १०) जातिका सदस्यको निश्चित् व्यवसाय हुन्छ । तर जनजातिमा व्यसायको निश्चिता हुँदैन । ११) जनजातिको जन्म सामुदायिक भावनाबाट भएको हो भने जातिको जन्म श्रमविभाजनका आधारमा भएको हो । नेपालका जनजातिहरु पुस्तकबाट साभार
Categorized in विचार