STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जाजरकोट बस दुर्घटनामा पाँच जनाको मृत्‍यु, २९ घाइते

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १२, आइतबार

काठमाडाैं, १२ मंसिर- जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्‍यु भएको छ । नेपालगञ्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको बस बराहचौर नजिक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार गए राति भएकाे दुर्घटनामा पाँच जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताए । 

उनले भने, ‘पाँच जनाको मृत्यु भएको छ, २९ जना जति घाइते छन्, केही सिरियस छन् ।’ घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार बस सडकबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाकाे  विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । 

Categorized in अपराध-दुर्घटना