STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जाजरकोटमा फेरि भूकम्प, त्रासमा पीडित

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २०, सोमबार

काठमाडौं- फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ ।

मानिसहरू घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबारको भुकम्प जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो । सोमबार बेलुका ४ बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको हो । 

शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ । यसअघि शुक्रबार राति रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । केही समयको अन्तरालमा दुई ठूलो भूकम्पको झट्का महसुस गरिएको छ ।

Categorized in राष्ट्रिय