STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जसपाको विधान अधिवेशनः समूहगत छलफल जारी

Janjati Khabar | २०८० आषाढ ११, सोमबार


जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन काठमाडौँमा जारी रहेको छ । अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ ।

पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिनुभएको जानकारीअनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रस्तुत गर्नुभएको विधानमाथि समूहगत छलफल भइरहेको छ । उहाँले विभिन्न १० वटा समूह बनाएर आज दिनभर छलफल हुने बताउनुभयो ।

आइतबार अध्यक्ष यादवले विधानको मस्यौदा प्रस्तुत गर्नुभएको थियो र सो विधानमा आवश्यक विषयमा समूहगतरुपमा छलफल जारी रहेको छ । उक्त समूहगत छलफलमा केन्द्रीय समितिका चार सय छ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत १० जनासहित सात सय ४६ जना प्रतिनिधि सहभागी रहेका सो पार्टीले जनाएको छ ।

आजको यो विधान मस्यौदामाथिको छलफल सकिएपछि विधानका विषयमा नेताहरुले धारणा राख्नेगरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताउनुभयो । विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउनेजस्ता नयाँ व्यवस्था राखेको छ । सो अधिवेशनको आज र भोलि बन्दसत्र जारी रहने छ ।

Categorized in राजनीति