STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जसपाकाे बैठक अन्तिम समयमा स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ५, बिहिबार

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ ।

शंखमुलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन अधिकांश सदस्य आइसकेका थिए, तर अचानक बैठक स्थगित गरिएको हो ।

तयारी नपुगेको कारण बैठक स्थगित गरिएको जनाइएकाे छ ।

सत्ता समीकरणका लागि कसलाई सहयोग गर्ने विषयमा दुई पक्षको बीचमा कुरा नमिल्दा बैठक स्थगित गरिएको स्राेतले जनाएकाे छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षको बीचमा कुराकानी नमिलेको हुँदा बैठक स्थगित गरिएको स्रोतको दाबी छ ।

हिजो अबेरसम्म दुवै पक्ष छुट्टा छुट्टै छलफलमा जुटेका थिए । सत्ता समीकरणका लागि माओवादी केन्द्रलाई सहयोग गर्ने कि एमालेलाई सहयोग गर्ने विषयमा टुङ्गो लगाउन आजको बैठक बोलाइएको थियो ।

Categorized in राजनीति