STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जवसम्म ब्राम्हणवादको हाबी : तवसम्म देश र जनताको बर्बादी

Janjati Khabar – उशाल | २०७८ जेठ ११, मंगलबार

देश ब्राम्हणमय छ, जता हे¥यो त्यतै ब्राम्हणहरुको एकलौटी राज । कुचिकारलाई बैंकको मेनेजर बनाइयो भने बैंकको स्थिति के कस्तो हुन्छ ? त्यस्तै यो देशको दुर्दशा भइरहेको छ ।

बास्तवमा ब्राम्हण एक उच्च वर्ग हो, ब्राम्हणको काम मात्र जजमानको सेवामा समर्पित हुने र आफ्नो शिक्षालाई आदर गर्दै जनताहरुलाई पूजापाठबाट सही दिशामा लाने विद्याधारी महान प्राणी हो ब्राम्हण । तर त्यही ब्राम्हण देश हाँक्ने ड्राइभर बनेपछि  के भयो यो देशको हालत ? जबकि गाडीको स्टेरिङ नै कन्ट्रोल गर्न नस्कने शिकारु चालकले बाइरोडमा गाडी गुडायो भने गाडीको हालत के कस्तो हुन्छ ? देशको हालत भनी त्यस्तै भइरहेको छ ।

यो देश र जनताको हालत, यस्तो परिस्थितिमा देश पु¥याए पनि त्यही शिकारु चालकको “जयजयकार”मा तल्लीन छन् जनताहरु । ती शिकारु चालककै पछिपछि दगुरी उस्कै गाडीमा बस्न रुचाइरहेका छन् यो देशका नेपाली जनताहरु । आखिर किन ?

देशका प्रत्येक पार्टीभित्र, टाउकाहरु हेर्नुस् त...सब त्यही शिकारु चालकहरुकै सर्वेसर्वा, जनताहरु त्यस्कै अधिनमा रमेको रम्यै । अनि आदिवासी जनजाति जनसमुदायहरु पनि, त्यही शिकारु चालकको चाप्लुसीमा फँसेका कारण यो देश र जनताहरु बर्बादीको भुँमरीमा फँसिहरेको ठोकुवा गरी भन्न सक्छौं । वास्तवमा एउटा तथ्य कुरो, यदि यो देशका आदिवासी जनजातिहरु एक ढिक्को भएको खण्डमा ती शिकारु ड्राइभरहरु पानीमा बालुवा सरह हुन वाध्य हुनेछन्, यो सही तथ्य हो ।

तर यो देशका आदिवासी जनजातिहरु त्यही शिकारु ड्राइभर भनाउँदाहरुको मात्र पुच्छर बनेका कारण यो देश र जनताहरु दुर्गति एवं बर्बादीमा वाध्य भई जिउँनु परिरहेको भन्न सक्छौं । ती शिकारु ड्राइभरहरुले आदिवासी जनजातिहरुलाई भन्दा पनि आफ्ना गोत्र एवं वर्गलाई मात्र हिताय नमः गर्छन् । मतलब, एकल जातीयवादलाई मात्र प्राथमिकता दिन्छन् र दिइरहेका छन् हालको समय र परिस्थ्तििमा ।

त्यसैले जबसम्म ब्राम्हणवादको हुन्छ हाबी, तबसम्म देश र जनताको बर्बादी...सोच्ने बेला यही समयमा हो ।

Categorized in विचार