relans
ni new 83
nib 2082 5

जमाना खराब छ भन्दै आयो नेपालभाषाको म्युजिक भिडियो

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १६, आइतबार

जमानाको खराब नजरबाट एक युवतीलाई एक युवकले कसरी  बचाएर आफ्नो बनाउन सफल भए भन्ने कथा बोकेको नेपालभाषाको म्यूजिक भिडियो ‘जमाना मभिं स्व’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ ।

कोरोना संक्रमण को जोखिमको कारण  एक समारोहकाबीच फेसबुकमा लाइभमार्फत  वरिष्ठ सिने पत्रकार नेपालभाषाका प्रथम म्युजिक भिडियो डाईरेक्टर विजयरत्न तुलाधरले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

हाल चर्चामा रहेको यस म्यूजिक भिडियोका गायक रोबिन्सन कंसाकार र सुमन मानन्धर दुबै नेपालभाषाको चर्चित बूदिंया भिंतुना म्ये  कासा (जन्मदिनको शुभकामना गीतको प्रतिस्पर्धा)बाट चुनिएका गायक गायिका हुन् भने यो गीतको रचना सोही जन्मदिनको शुभकामना का गीतका रचनाकार एवं गायक सुरजवीर बज्राचार्य हुन् । संगीत एवं संगीत संयोजन वरिष्ठ संगीत निर्देशक जूगल डंगोलको रहेको यो गीत आर्टोम्यूज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

हाइलाइट्स नेपालबाट सार्वजनिक भएको यस गीतको कोरियोग्राफि र निर्देशन आराध्यलक्ष्मी खड्गीले गरेका हुन् भने  आराध्यलाई अभिनयमा  अर्का चर्चित मोडल रुपेन्द्र श्रेष्ठ ‘थक्वा’ले साथ दिएका छन् ।

निर्देशक एवं कलाकार आराध्यकै कन्सेप्टमा निर्मित यस गीतको म्यूजिक भिडियोको छायाँकन, सम्पादन व रंग संयोजन सोहन मानन्धरले गरेका छन् । म्यूजिक भिडियोमा चिरिबाबु महर्जन, रमेश पौडल र राजकुमारी श्रेष्ठको पनि अभिनय रहेको छ ।

छाेटाे कथाभित्र बुनिएको गीतको यस म्यूजिक भिडियोका कलाकारका श्रृंगार पूजा शाही र निरु महर्जनले गरेका हुन् भने ड्रोन छायाँकन सनी शाक्यले गरेका छन् । गीत सार्वजनिक भए लगत्तै चर्चा कमाउन थालेपछि आफू निकै हौसिएको निर्देशक एवं कलाकार आराध्यलक्ष्मीले बताएका छन् भने गीतबाट प्राप्त प्रतिकृयाले निकै उत्साहित बनाएको गायकद्वय रोबिन्सन कंसाकार र सुमन मानन्धरले उल्लेख गरेका छन् ।

Categorized in साहित्य-कला
ppp 2