STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जन्ती र मलामीको अभाव

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

बसाइँसराइकै कारण केही वर्ष पहिलासम्म खचाखच रहेका गाउँ रित्तिएका छन् । ठूलो दूरीमा रहेका केही घरमा बस्नेहरुलाई जिउँदाको जन्ती र मर्दाको मलामी पाउनसमेत कठिन हुने गरेको छ । “बागलुङका गाउँबाट बसाइँ सर्नेको ठूलै लर्को दखियो, अलिअलि भएका युवापुस्ता विदेशमा, गाउँमा केटाकेटी र बूढाबूढीमात्रै”, जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले भन्नुभयो, “शहर र सुगम खोज्नेका कारण गाउँ रित्तिएका रहेछन् ।” कुनै बेला गाउँमा सानो कार्यक्रमको आयोजना हुँदासमेत कयौँ युवाको लर्को लाग्ने ठाउँमा अहिले जन्ती र मलामीकै अभाव रहेको बागलुङ नगरपालिका–११ रायडाँडाका रामबहादुर केसीले बताउनुभयो । “गाउँमा केही बस्न मान्दैनन्”, केसीले भन्नुभयो, “कोही मधेश पसे, कोही ठूला शहरमा ।” बसाइँसराइले गाउँ रित्ताएको र विद्यालयजस्तो शिक्षाको मन्दिर सुनसान बनाएको उहाँले गुनासो गर्नुभयो ।
Categorized in राष्ट्रिय