STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जनमत मधेस सरकारबाट बाहिरियो

Janjati Khabar – Janjati Khabar | २०८० माघ ९, मंगलबार

जनकपुर- मधेस प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ भने जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । 

जनमत पार्टीका प्रदेश सांसद सञ्जय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेस सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुई मन्त्री छन् ।

शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो ।

सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो ।

विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो ।

Categorized in राजनीति