STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

जनजाति खबर किन ?

Janjati Khabar – जनजाति खबर | २०७५ माघ २९, मंगलबार

पंचायतकालमा नेपालका आदिवासी जनजातिहरुको ‘मूलधार’लाई नै आफ्नो आदर्श, लक्ष्य र प्रतिष्ठाको रुपमा सम्झन सिकाइयो । यो प्रवृत्ति अझैसम्म कायम छ । तर आफ्नो पहिचानका लागि संघर्ष सुरु भएपछि जनजातिहरुले मूलधारमै आफ्नो अस्तित्व र पहिचान मागे । तर राज्य संयन्त्रको त कुरै छाडौं, निजी क्षेत्रद्वारा चलाइएका र मूलधारका संचारमाध्यममा गनिन सफल संचारमाध्यममै पनि नेपालका आदिवासी जनजातिहरुको आवाज, मुद्दा, गतिविधिका समाचार, सूचना आदिले स्थान पाउन सकेका छैनन् । यसका लागि संघर्ष जारी नै छ । तर आम संचारको आजको जमानामा आदिवासी जनजातिहरुबीच नै आफ्नो आवाजको सम्प्रेषण र संचार प्रवाह हुन सकेको छैन । मूलधारका संचारमाध्यमको भर पर्नु परेको वाध्यता परेको कारण यस्तो स्थिति आएको हो । यस स्थितिलाई तोडी नेपालका आदिवासी जनजातिहरुको आवाजको विगुल फुक्न जनजाति खबर डट कमको आवश्यकता महसुस गरिएको छ । जसको आवाज नेपालमा गुञ्जन सकेको छैन जसको आवाजलाई सम्बोधन गर्न राज्यलाई बाधा पार्न सकिएको छैन, तिनीहरुको आवाजलाई प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनजाति खबर डट कम व्यक्त गर्दछ । यो प्रतिबद्धता त्यस बेलासम्म पूरा हुँदैन जुन बेलासम्म आदिवासी जनजातिहरुको आवाज बोल्नेहरुको आवाजलाई जनजाति खबर डट कमको माध्यमबाट प्रतिनिधित्व हुन्छ भन्ने कुरामा विश्वासले यसलाई आफ्नो माध्यम बनाउँदैनन् । तसर्थ जो आदिवासी जनजातिको आवाज बोल्दछन् तिनका माध्यम जनजाति खबर डट कम पनि हुनै पर्दछ । यस कुरामा हामी सचेत छौं । यसर्थ यस स्पिरिटलाई आत्मसात् गर्दै यसका पक्षधर सबैको सहयोग, समर्थन र सहयोग सदा प्राप्त हुनेछ भनीहामी विश्वास प्रकट गर्दछौं । आवश्यक सहयोग, समर्थन र सद्भावका कारण हाम्रो यस पाइला निरन्तर अगाडी बढ्नेछ र आदिवासी जनजातिहरुको लक्ष्य प्राप्त गर्न जनजाति खबर डट कम पनि एक सार्थक सहभागी बन्नेछ भन्ने विश्वास प्रकट गर्दछु । जनजाति खबर डट कम परिवार ने.सं. ११३९
Categorized in राष्ट्रिय