STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनजाति खबरका संरक्षक विजयरत्न लगायतलाई नाट्यश्वर कला सम्मान

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २१, आइतबार

नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंट को आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड  समारोहमा जनजाति खबर का संरक्षक विजयरत्न तुलाधर असंबरे लाई " नाट्यश्वर नेवाः पत्रकारिता सम्मान ”  द्वारा सम्मानित गरिएको छ । सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् ।

कला संस्कृतिलाई संरक्षण गर्न महत्वपूर्ण भुमिका खेलेको संगीतको बिस्तारमा पुर्याएको योगदानको कदर स्वरुप कँडेललाई ‘विशेष कला सम्मान’ द्धारा सम्मानित भएका हुन् ।

त्यस्तै पछिल्लो दशकमा कला पत्रकारिताको क्षेत्रमा पुर्याएको कदर स्वरुप बराइली ‘दशक पत्रकारिता सम्मान’ बाट सम्मानित भएका हुन् ।

सो समारोहमा प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथीहरुका रुपमा अग्रज अभिनेत्री बसुन्धरा भुसाल , चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतको विशेष उपस्थिति रहेको थियो ।

अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान गरिएको थियो । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई नगद एकाउन्न हजार नगद राशी सहित दीर्घ साधाना सम्मान गरिएको छ ।

यस कार्यक्रमममा गायक ईन्द्र जिसी, सागर गुरुङ, प्रदिप कार्की, शिखर श्रेष्ठ, बिष्णु तरुके, पुष्पा शर्मा, बिजयरत्न तुलाधर, बबिता श्रेष्ठ, नायिका तथा मोडल सबिना कार्की, गायक अलिफ खान, पत्रकार बर्षा खनाल लगायत सम्मानित भएका थिए ।

त्यस्तै सागर लम्साल (बले), दुर्गेश थापा, जनक सिंह, निरेन श्रेष्ठ, रमिला न्यौपाने, सुनितामी परियार, शोभा त्रिपाठी, जुनु रिजाल लगायत अन्यले बिभिन्न बिधामा ६० जनाले अवार्ड चुमेका थिए ।

Categorized in साहित्य-कला