STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनचासोका विषयमा कलम चलाउनुहोस् ः मन्त्री बाँस्कोटा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भन्नुभयो,  “राससमा आउने समाचार अन्य सञ्चारमाध्यमभन्दा फरक हुनुपर्छ, खोजीमूलक समाचारमा तपाईँहरुले जोड दिनुहोस् ।”
सो अवसरमा रासस दाङका प्रमुख नारायणी रजौरेले कार्यालयमा पत्रकारलाई सहजताका लागि सूचना केन्द्र सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक सहयोग मागिएको जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय