STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जकार्ता विमान दुर्घटना : दुर्घटनास्थल पत्ता लागेकाे दाबी

Janjati Khabar – एजेन्सी | २०७७ पौष २६, आइतबार

इन्डोनेसियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमान दुर्घटना भएको स्थान पत्ता लागेको दाबी गरेका छन् । 

श्रीविजया एयरजेटको बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए । सो विमान कालिमान्तान प्रान्तस्थित पोन्टिआनकका लागि उडेको चार मिनेटमै सम्पर्कबिहीन भएको थियो । 

विमानको खोजी कार्यका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन गरिएको छ । विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् ।

शनिवार राति भएका कारण रोकिएको खोजी र उद्धारको कार्य आइतवार बिहानैदेखि सुरु गरिएको छ । 

Categorized in अन्तर्राष्ट्रिय