STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छुट्टी मनाउन गएका श्रेष्ठ दम्पती नवजात शिशुसहित विमान दुर्घटनामा

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १, आइतबार

काठमाडौं - आइतबार बिहान पोखराको सेती नदी खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना राष्ट्रिय ट्रमा सेन्टरका दुई चिकित्सकसहित १० महिने बालकको निधन भएको छ ।

विमान दुर्घटनामा परी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठकी श्रीमती डा. सोना दिवाकरसहित उनीहरुका १० महिने छोराको पनि मृत्यु भएको हो ।

अर्थोपेडिक तथा स्पाइन सर्जन श्रेष्ठ ट्रमा सेन्टरमा विगत ६ वर्षदेखि कार्यरत थिए । उनी आफ्नो परिवारसहित आइतबार छुट्टी मनाउन पोखरा घर आएका थिए । तर, घर नपुग्दै विमान दुर्घटनामा परेर ज्यान गुमाउनुपर्यो ।

डा. सुशीलकी पत्नी सोना चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेर विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहेकी थिइन् । छोरा जन्मिएपछि उनी घरमै थिइन् ।

Categorized in अपराध-दुर्घटना