STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक ३, बिहिबार

काठमाडौं - सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको हो । त्यस्तै

एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

बुधबार देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

Categorized in स्वास्थ्य-मौसम