STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चौध हजार ६६० लिटर घरेलु मदिरा नष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।कार्यालयले  अवैधरूपमा  मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभयो ।
 
मदिराकै कारण प्राय  श्रीमान्–श्रीमतीबीच झगडा हुने, समयमा काममा जान नपाउने, बालबालिकाको पढाइमा बाधा पुग्ने र घरपरिवारका साथै समाजमा समेत असर परेको बडीमालिका नगरपालिका–९ की महिला वडा सदस्य तुला विष्टले बताउनुभयो । जिल्लामा हुने अपराधबारे   अनुसन्धान गर्दै जाँदा जाडरक्सी सेवन, विकृतिको मुख्य कारकको रुपमा रहेको पाइएकाले मदिरा उत्पादन र सेवनलाई निरुत्साहित गर्ने अभियान चलाइएको डिएसपी उद्धवसिंह भाटको भनाइ थियो । 
 
Categorized in अपराध-दुर्घटना