STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १, बुधबार

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरू भएकाे छ । बिहीबार बसेकाे बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु भएकाे हाे ।

नेकपा एमालेले जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ ।महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले उक्त प्रस्ताव गरेका हुन् । प्रस्तावलाई ५ महिनासम्म त्यसै अड्काएर राखिएको र बल्ल समितिमा आएकाले छिट्टै काम सक्दा राम्रो हुने बताए ।

साथै समितिको संयोजक चयन गर्ने विषयमा पनि छलफल हुने बताइएकाे छ । गत फागुन २९ मा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल, डा. शिवमाया तुम्बाहाङ्फे, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा र यशोदा गुरुङ सुवेदी सदस्य छन् । २०७८ साल फागुन १ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । 

Categorized in राजनीति