STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चैत २ मा लाग्ने भो ‘डेस्टिनेशन काठमाडौं’

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ९, बुधबार

स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ अन्ततः अब प्रदर्शनमा आउने भएको छ । निर्माता शरद अधिकारीले चैत २ गतेलाई फिल्मको प्रदर्शन मिति तय् गरेको जानकारी दिए । बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्‍याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने सोच निर्देशक रायमाझीको थियो । तर, उनको असमायिक निधनका कारण केही समय निर्माण रोकिएको फिल्मलाई अर्का निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन् । कार्यकारी निर्देशक मधुसुदनले ‘डेस्टिनेशन काठमाडौं’ ले पर्यटन क्षेत्रको बिकासको सन्देशका साथै भरपूर मनोरञ्जन प्रदान गर्ने बताउँछन् । जनपुकार मिडिया हाउसले निर्माण गरेको फिल्ममा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई प्रमुख भूमिकामा छन् । विदेशका विभिन्न स्थानमा विशेष प्रदर्शन गरिएको यो फिल्ममा राजु थापा र सौरभ लामाको छायांकन, निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ । फिल्मीखबर बाट साभार
Categorized in सिनेमा