STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चीनको हेनानमा आँधीबाट आठ जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १२, बिहिबार

चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे हेनानको दान्झाउ नगरमा आँधी चलेको थियो । एउटा निर्माण कम्पनीमा कार्यरत मजदूरहरु बसेको छाप्रोले थिचिएर एकै ठाउँमा आठ जना मजदूरको मृत्यु भएको थियो । प्रान्तीय सरकारले खोज तथा उद्धारका लागि थप प्रहरी र उद्धारकर्मी परिचालन गरेको छ । यसैबीच, चीनको उत्तर पश्चिमको निङसिया हुई स्वायत्त क्षेत्रमा दुई वटा सवारी साधन एकापसमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय