STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चित्लाङमा ऐतिहासिक कात्तिके नाच शुरु

Janjati Khabar – रासस | २०७७ कार्तिक १६, आइतबार

बलामी जातिमा प्रचलित ऐतिहासिक कात्तिके नाच मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा शुरु भएको छ । विभिन्न पौराणिक कथासँग जोडिएको नाच दशंैको कोजाग्रत पूर्णिमादेखि शुरु भएर ३ रातसम्म सञ्चालन हुने गरेको छ । पूर्णिमाको अघिल्लो दिन स्वच्छन्द भैरवको रथ भैरवस्थानमा लगेपछि नाचको चहलपहलका साथै चैत्य डबलीमा नाच शुरु हुने स्थानीयवासी निर्मल बलामीले बताउनुभयो । सो क्रममा गाउँका मुख्यगुरु रामकृष्ण बलामीको घरमा पूजा गरी ९ वटा देवताको नाच निकालिन्छ । थाहा नगरपालिका–९ का वडाध्यक्ष पर्शुराम श्रेष्ठले काठमाडौं, ललितपुर, मार्खु, फाखेललगायत क्षेत्रबाट जात्रा हेर्न यहाँ मानिसहरु आउने गरेको भए पनि हाल कोरोना जोखिमका कारण भीडभाड नभएको बताउनुभयो ।

Categorized in राष्ट्रिय