STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चितुवाले खाएको बालकको परिवारलाई राहत

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ६, आइतबार

दमौली, तनहुँ  तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको छ । पीडितको परिवारलाई शनिवार रु ५० हजार राहत दिइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताउनुभयो । तत्काललाई किरिया खर्चबापत सो रकम उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो । जिल्ला वन अधिकृत अम्बिकाप्रसाद पौडेलले पीडितको घरमै पुगेर उक्त राहत रकम दिनुभएको हो । जनावरको आक्रमणबाट मानिसको मृत्यु भएमा बढीमा रु १० लाख राहत रकम दिने कानूनी व्यवस्था छ । बालकलाई खाने जनावर नरभक्षी बाघ नभएर जंगलमै पाइने चितुवा भएको अनुमान गरिएको छ । चितुवाको बच्चा रहेको ठाउँ वरिपरि बालक हिँडडुल गरेकाले खाएको हुनसक्ने वन कार्यालयका कर्मचारीले बताए । सो घटना भएलगत्तै काठमाडौँको चिडियाखानाबाट आएको टोलीले दुई दिनसम्म उक्त जंगलमा चितुवालाई नियन्त्रणमा लिन सर्च गरेपनि फेला नपरेपछि त्यसै फर्केको बताइएको छ ।

Categorized in अपराध-दुर्घटना