STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चाबहिलबाट स्थानीय नेवार महिला हरायो

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार

काठमाडौं – काठमाडौंको चाबहिल क्षेत्रबाट स्थानीय नेवार महिला हराइरहेका छन् । काठमाडौं महानगरपालिका ७ वडा कुमारीगाल निवासी ५५ वर्षीय वीणा श्रेष्ठ आइतबारदेखि हराइरहेका हुन् । विगत १० वर्षदेखि चाबहिलको ओम अस्पतालमा हाउसकिपिङ सुपरभाइजरको रुपमा कार्यरत श्रेष्ठ सोही क्षेत्रबाट हराइरहेका हुन् । आइतबार अफिस गएका उनी न अफिस पुगे, न अफिसबाट घर नै । त्यसपछि उनको कुनै खबर प्राप्त हुन सकेको छैन । श्रेष्ठ हराएको खबर पाएपछि उनका जेठा छोरा शैलेस श्रेष्ठले गौशाला प्रहरी चौकिमा जाहेरी दर्ता पनि गराइसकेका छन् । तर प्रहरीले यसबारे चित्तबुझ्दो जानकारी नदिएको बेपत्ता श्रेष्ठकी भाइ मोहनश्याम रंजितले जानकारी दिनुभयो । “प्रहरीमा जाहेरी दर्ता दिए पनि चित्तबुझ्दो अनुसन्धान नभएकोले मिडियासम्म पुगी सहयोग मागिरहेका छौं,” रंजितले बताए । छोरा शैलेस श्रेष्ठका अनुसार सदा झैं बिहानको खाना खाएर वीणा श्रेष्ठ अफिस गएका थिए । तर दिउँसो अफिसले फोन गरी उनी अनुपस्थित रहेको जानकारी दिएपछि मात्र उनी हराइरहेको खबर परिवारले पाएको थियो । त्यसपछि आफन्त, साथीभाइ तथा चिनेजानेका सबैतिर सम्पर्क गर्दा पनि परिवारले श्रेष्ठको कुनै खबर पाउन सकेन । तबसम्म उनको मोबाइल पनि स्विचअफ थियो । साँझसम्म पनि उनको कुनै खबर नआएपछि बाध्य भएर फेसबुक सामाजिक संजालमार्फत् आमा हराएको सुचना निकालेको छोरा शैलेसले बताए । हराइरहेका वीणा श्रेष्ठबारे कुनै जानकारी भए तत्काल खबर गर्न परिवारले अनुरोध पनि गरेको छ ।
Categorized in उपत्यका