STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चाडपर्व नजिकिएसँगै मूल्य वृद्धि

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १, शनिबार

काठमाडौं - चाडपर्व नजिकिएसँगै बजारमा अत्यावश्यक सामग्रीको मूल्य बढ्न थालेको छ । जसले गर्दा आम सर्वसाधरणलाई दैनिकी चलाउन कठिन भएको छ ।

चाडबाडलाई लक्षित गर्दै व्यवसायीहरुले दैनिक प्रयोग हुने दाल, चामल, तेल, चिनी, तरकारी र फलफुलको मूल्य बढाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई देखाउँदै व्यवसायीले भाउ बढाउन थालेका हुन् ।

यतिकै त आकाशीएको बजार भाउ चाडपर्व नजिकिएसँगै झनै बढेको छ । चाडपर्व नजिकिएसंगै खाद्यान्न लगायत अत्यावश्यकीय बस्तुको मूल्यवृद्धिले आम उपभोक्ता मारमा परेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै व्यापारीले आफूखुशी भाउ बढाइरहेका छन् । तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने दैनिक बजार अनुगमन गरीरहेको र मनलाग्दी मूल्यवृद्धि गर्नेलाई कारबाही पनि गर्ने गरेको दाबि गरेको छ ।

अहिले नेपाली मुद्राको मूल्य घटेको छ । मुद्राको मूल्य घटेसँगै थोरै सामानका लागि पनि धेरै पैसा खर्च हुने गरेको छ । उपभोक्ताको आम्दानी पहिलेजस्तै रहेपनि दैनिक जीवनयापनका लागिे पहिलेको भन्दा धेरै खर्च लाग्ने गरेको छ ।

राष्ट्र बैंकको आर्थिक वर्ष ०७८/०७९ को तथ्यांकानुसार अघिल्लो आर्थिक वर्ष ४.१९ रहेको मुद्रास्फीति अर्थात् मुद्रा कमजोर हुने क्रम हाल बढेर ८.०८ रहेको छ ।

घ्यू तथा तेलजस्ता सामग्रीमा हाल २६.१३ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । त्यस्तै, दाल तथा गेडागुडी जस्ता सामग्रीमा गतआर्थिक वर्षको असार मसान्त सम्ममा ९.९२ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । महङ्गी बढिरहदा यसले मध्यम र निम्नवर्गको भान्सामा बढि असर पारेको छ ।

सरकारी तथ्यांकमै चुलिएको महंगीको रुप बजारमा थप कहालीलाग्दो छ । यसको उचित अनुगमन, नियमन तथा कारबाहीको व्यवस्था हुनुपर्छ । आफूखुशी चर्को मूल्यवृद्धि नियन्त्रण गर्नु सरकार कै दायीत्व हो ।

Categorized in बिजनेस