STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

"चलचित्र र क्यानभास” विषयमा अन्तरक्रिया गर्दै चित्रकला र चलचित्र कलाबारे चर्चा सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख २४, आइतबार

Lनेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, चलचित्रकर्मी नीर शाह हुनुहुन्थ्यो । कार्यक्रममा अतिथिको रुपमा निर्देशक छिरिङ रितार शेर्पा, चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष तथा सम्पादक, निर्देशक रक्षा सिंह राणा, कलरिष्ट कपिल पराजुली, कला निर्देशक निर्जल श्रेष्ठ, कलाकार अशोकमान सिंह लगायत उपस्थित थिए ।

कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले चलचित्रलाई साहित्य, कला र संगीतको समुच्च विधाको रुपमा व्याख्या गर्दै भने, कि यो विधामा ललितकलाको पनि उपस्थिती रहेको हुन्छ । तर यसमा त्यति बहस भएको देखिन्न् । त्यसैलाई सम्बोधन गर्न यो कार्यक्रम गरेको बताए ।

नेपाल चलचित्र तथा र्सास्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्रलाई अलिकति फराकिलो दायरामा लैजाने उद्देश्यले यो कार्यक्रम गरेको बताए । 

छायाँकार दिपक बज्राचार्यले चलचित्रको एलिमेन्ट्स र चित्रमा प्रयोग गर्ने एलिमेन्ट्स मिल्ने बताए । 

चलचित्र निर्देशक रक्षा सिंह राणाले क्यानभासलाई आफूले एउटा भिजन भनेर बुझ्ने बताए । 

कलाकार अशोकमान सिंहले रंग आफैमा संवेदनशील हुने कुरा बताउँदै हरेक रंगले जीवनमा प्रभाव पारिरहेको धारणा राखे । 

रंग संयोजक कपिल पराजुलीले इलेक्ट्रीकल्ली जेनेरेटेड कलर र प्राकृतिक कलर मिलाउन खोज्दा गाह्रो हुने गरेको धारणा राख्दै भन कि चित्रकलालाई नांगो आँखाले हेर्न सकिन्छ तर चलचित्र त्यस्तो होइन् । चित्रकलामा बेस्ट गर्न सक्छौं । चलचित्रमा कम्प्रोमाइज हुन्छ भन्ने धारणा राखे ।

कला निर्देशक निर्जल श्रेष्ठले क्यानभासै क्यानभासको संयोजन नै चलचित्र भएको बताउँदै भने कि क्यानभास चल्दैन्, चलचित्र चल्छ । क्यानभासले मुलुकको वैभवता, सभ्याता र संस्कृति देखाउँछ ।

निर्देशक छिरिङ रितार शेर्पाले चलचित्रमा लिबर्टी धेरै हुने र क्यानभासमा लिमिटेसन हुने धारणा राखे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले चलचित्र पनि ललितकलाको विधामा पर्ने धारणा राखे । 

चलचित्रकर्मी नीर शाहले क्यानभास आफैमा अनेकथरी अर्थ बोकेको बस्तु भएको बताउँदै त्यसको प्रारम्भिक स्वरुप सेतो हुने र त्यहाँ जसले जे गर्दा पनि हुन्छ । जुन पेन्टिङलाई  अमूर्त भन्ने गरीन्छ त्यसको पराकाष्टा नै क्यानभास हो । र सिनेमा र रंगबीच प्रगाढ सम्बन्ध रहेको  भनाइ राख्दै प्रत्येक चित्रकारले कोरेका चित्रहरु सल्बलाउन थाले भने अथवा बोल्न थाले भने त्यो चलचित्र बन्छ भनि भने ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली कार्यक्रममा पावर प्वाइन्ट प्रिजेन्टेसन मार्फत चित्रकलामा चलचित्र र चलचित्रमा चित्रकला’ विषयमा आफ्नो धारणा राखे भन् उनले यस कार्यक्रमपछि आफू पुनः जागृत भएर चित्र रचना गर्नेतर्फ अग्रसर हुने बताएका छन् ।

उपकुपलति लालकाजी लामाले चलचित्र र क्यानभास अर्थात् ललितकला दुवै अभिव्यक्तिको माध्यम भएको बताए । 

कार्यक्रमको खुल्ला सत्रमा प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल र संगी श्रेष्ठले पनि चलचित्र र ललितकलाको विषयमा आफ्नो धारणा राखेका  थिए । जसमा सुन्दर सिंख्वालले प्रविधि नै नभएको बेला पूर्खाहरुले बनाएका पौभा लगायतका कलाकृति पनि चलचित्र नै भएको बताए भने संगी श्रेष्ठले चित्रकला र चलचित्र दुवै कला नै भएको बताए ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रम समापन गर्दै आगामी दिनमा पनि यस विषयमा बहस गर्ने बताए ।

Categorized in सिनेमा