STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र बिकास बोर्डमा अध्यक्ष पदकोलागि प्रतिस्पर्धा

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ६, मंगलबार

विजयरत्न असंबरे
नेपाल सरकार सुचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत रहेको नेपालको चलचित्र सम्बन्धी सम्पुर्ण कार्य सम्पादन गर्ने राज्यको प्रशासनिक संयन्त्रको रुपमा २१ वर्ष अगाडि स्थापना गरिएको चलचित्र बिकास बोर्डका अध्यक्ष कलाकार केशव भट्टराईको गत २०७६ साल मंसीर २९ गते आकस्मिक निधन भए पछी रिक्त रहँदै आएको अध्यक्ष पदमा नियुक्तिका लागि सुचना तथा सञ्चार प्रविधी मन्त्रालयले प्रक्रिया थालेको छ । सो प्रक्रिया अन्तर्गत सो रिक्त अध्यक्ष पदकालागि सरोकारवालाहरु सित आवेदन मागिएको थियो भने आवेदन दिएकाहरु मध्येबाट योग्य व्यक्तिको चयन गर्न आज जेठ ६ गतेदेखि मन्त्रालयको सिंहदरबार स्थित कार्यकक्षमा अन्तर्वाता लिने भएको छ । कम्तीमा प्रविणता प्रमाण तह उत्तीर्ण गरेका भए कम्तीमा चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी समयको अनुभव बटुलेका वा स्नातक तह उत्तीर्ण गरेको भए १० वर्ष चलचित्र क्षेत्रमा अनुभव संगालेका अनुभवी चलचित्रकर्मिहरुबाट आवेदन मागिएकोमा जम्मा १० जनाले आवेदन दिएका थिए । यसरी प्राप्त आवेदनहरुको आधारमा आज जेठ ६ गतेबाट अन्तर्वार्ता लिने तोकिएको छ भने आज संगीतकार तथा चलचित्र निर्माता अर्जुन कुमार डंगोल, चलचित्र निर्देशक दीपक श्रेष्ठ र चलचित्र निर्देशक तथा चलचित्र बिकास बोर्डका वर्तमान सदस्य दयाराम दाहालको अन्तर्वार्ता हुनेछ भने जेठ ७ गते थारु भाषाका चलचित्र निर्माता,निर्देशक एवं हल धनी परशुराम चौधरी , कलाकार भीमा मैनाली भनिने भगवतिकुमारी मैनाली र चलचित्रकर्मि ध्यानबहादुर सुब्बाको अन्तर्वाता हुनेछ । हरेक साँझ ५ बजे हुने गरी निर्धारण गरिएको अन्तर्वार्ताको ८ गते पुराना अभिनेता भुवन के सी , साँस्कृतिक संस्थानका भूतपुर्व महाप्रबन्धक राजेश थापा , चलचित्र निर्देशक राजेन्द्र कुमार उप्रेती र अभिनेता एवं अष्टनारायण हलका धनी त्रिरत्न मानन्धरका पुत्र सोहीत मानन्धरको अन्तर्वार्ता हुने बताइएको छ ।
Categorized in सिनेमा