चलचित्र पत्रकार दिवसको अवसरमा जनजातिखबरका संरक्षक विजयरत्नलाई जेठो पत्रकार घोषणा गर्दै विभिन्न चलचित्र पत्रकारहरु सम्मानित
Janjati Khabar – Janjati Khabar | २०८० जेठ ७, आइतबार

नेपालमा चलचित्रका विषयमा कलम चलाउँदै आएका चलचित्र पत्रकारहरुले आइतबार जेठ ७ गतेका दिन २१औँ चलचित्र पत्रकारिता दिवस मनाएका छन् । चलचित्र पत्रकार संघ नेपाल विधिवत रुपमा दर्ता भएको दिन २०५६ जेठ ७ गतेको दिनलाई वर्षेनी संघले आफ्नो वार्षिकोत्सव तथा चलचित्र पत्रकार दिवसको रुपमा मनाउँदै आइरहेको छ । व्यावसायिक चलचित्र पत्रकारले सङ्गठित हुनुपर्ने आवश्यकता महसुस गरेपछि २०५६ सालमा पेशागत सङ्गठनको रूपमा नेपालभरका चलचित्र पत्रकारहरूको छाता सङ्गठन ‘चलचित्र पत्रकार संघ’को स्थापना भएको थियो ।
दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले आइतबार स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष समीर बलामि को सभापतित्वमा सम्पन्न समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना प्रमुख अातिथ्यतामा सम्पन्न भएको हो ।सो समारोहमा प्रेस चौतारीका महासचिव हिरामान लामा , निर्माता संघका अध्यक्ष नवल खडका, कलाकार संघका अध्यक्ष मोहन निरौला , प्रेस काउन्सिलको अध्यक्ष बालकृष्ण बस्नेत , लोकप्रिय अभिनेता दिपकराज गिरि, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष विदुर गिरी , चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन के सि र अग्रज अभिनेत्री चैत्यदेवी सिंह विशेष अतिथीका रुपमा रहेका थिए ।
स्थापना दिवसको अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार हरु प्रदान गर्नुका साथै संघका ६० वर्ष पुरा गरेका सदस्यलाई मासिक चार हजार रुपैंया सुरक्षा भत्ता उपलब्ध गराउने योजना अनुरुप यो वर्ष देखि संघका जेष्ठ सदस्य विजयरत्न तुलाधरलाई अौपचारिक रुपमा भत्ता प्रदान अारम्भ गरिएको थियो ।