STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र कलाकार संघले गर्यो एक वर्षको समीक्षा

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार

विजयरत्न असंबरे
नेपाली चलचित्रमा अभिनय गर्ने कलाकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल चलचित्र कलाकार संघको वर्तमान कार्यसमिति निर्वाचित भएर आएपछि कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा संघको मिति ०७७ जेष्ठ २७ गते अध्यक्ष श्री रविन्द्र खड्काज्यूको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आफ्नो कार्यकालको समीक्षा सम्पन्न गरेको छ । सो बैठकले वर्तमान कार्यसमिति र संघ लाई साथ सहयोग गर्नु हुने चलचित्र क्षेत्रका सबै पेशाकर्मी, संघ संस्था, चलचित्रकर्मी, कलाकार, संचारकर्मी लगायत नेपाल सरकारलाई आभार सहित धन्यवाद दिने निर्णय गरेको छ । सो समीक्षा बैठकले वर्तमान कार्यसमिति निर्वाचित भए देखि संघले चलचित्र क्षेत्रको विकाश विस्तार तथा कलाकारहरुको हक हितका लागि गरेको कार्यमा सहयोगी भुमिका निर्वाह गर्नु हुने देश विदेशमा रहनु भएका शुभ चिन्तक तथा दाता संघ संस्था महानुभावहरुलाई धन्यवाद दिने निर्णय पनि गरेको छ । संघको यो कार्यकाल ०७६ जेष्ठ २५ गतेबाट शुरु भएको थियो भने त्यस पछि संघले गरेका कार्य हरुबारे पनि छलफल, मुल्यांकन पनि गरिएको थियो । जस अनुसार संघ ले एक वर्ष वीचमा गरेका कार्यहरुमन नेपाल चलचित्र कलाकार संघको ३२ औ स्थापना दिवशको उपलक्ष्यमा गत २०७६ भदौ २३ गते कलाकार र सामाजिक दयित्व विषयक अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो भने सो कार्यक्रममाओझेलमा परेका कलाकारलाई कदर सम्मान् तथा वृद्व , असक्त कलाकारहरु लाई औषधी उपचार का लागी नगद प्रदान गरिएको संघ सुत्रले बताएको छ । सुत्र ले जानकारी गराए अनुसार नेपाल चलचित्र कलाकार संघ को ३२ औ स्थापना दिबश तथा कान्ती सास्कृतिक केन्द्रको ५० औ स्थापना दिवश को अवसरमा “स्वच्छ वातावरण “ भन्ने नाराका साथ ३ कि.मी सेलिव्रेटी म्याराथुन दौडको आयोजना गरिएको थियो भने हाल देश कोरोना संक्रमण बाट सुरक्षित रहन लकडाउन को अबस्था मा रहेकोले गर्दा सम्पूर्ण सामाजिक र आर्थिक अवस्था नै चिन्ताजनक रहेको उल्लेख गर्दै यस्तो विषम परिस्थितिमा नेपालको सम्पूर्ण चलचित्र क्षेत्रमात्रै अलग नरहेको र यो विषम परिस्थितिलाई जित्न धैर्य साथ कलाकार संघ अघि बढ्ने योजनामा रहेको कुरा संघ सुत्रले जानकारी दिएको छ । सरकारले याे वर्षको बजेटमा कलाकार संघको भवन बनाउनका लागि बजेट छुट्याउनु भएकोमा अर्थ तथा सुचना संचार प्रविधि मन्त्री डा युवराज खतिवडा प्रति आभार पनि व्यक्त गरेको छ भने चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष दयाराम दाहाललाई सफल कार्यकालको लागि शुभकामना र बधाई सन्देश यस अघिको बैठकबाट पारित गरीसकेको कुरा संघ सुत्रले जनजातिखबरलाई जानकारी गराएको छ ।
Categorized in सिनेमा