STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चन्द्रमाको माटो र चट्टान लिएर चिनिया यान फर्कियो

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २, बिहिबार

चन्द्रमाबाट चट्टान र माटोको धुलो लिएर आएको चीनको चाङ्ग–ए फाइभ अभियान अन्तर्गतको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ ।

सो अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार साढे १ बजे मंगोलियाको भित्री क्षेत्रमा अवतरण गरेको हो । 

चन्द्रमाबाट कुनै पनि यानले पछिल्ला ४० वर्षमा पहिलो पटक माटो र चट्टानको नमुना ल्याएको हो । यसअघि अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको थियो । 

चिनियाँ यानले ल्याएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ ।

चाङ्ग–ए फाइभ अभियान सफलतापूर्वक सम्पन्न हुनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताका रुपमा हेरिएको छ । चाङ्ग–ए फाइभ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर माटो र चट्टान संकलन गरेको थियो । ल्यान्डरले भुइँबाट चट्टान वा धूलो उठाएर थियो । उसले कति नमुना संकलन गर्यो‌ भन्ने स्पष्ट नभए पनि सम्भवतः २ देखि ४ किलो नमुना रहेको अनुमान गरिएको छ । 

त्यसरी संकलन गरिएको नमुनालाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर त्यसलाई पृथ्वीमा फर्काइएको हो ।

अमेरिकी एपोलो अन्तरिक्षयात्री र सोभियत रोबोटिक लुना अभियानहरूले चन्द्रमाको सतहको जम्मा ४ सय किलो सामग्री संकलन गरेका थिए । 

ती नमुनाहरू तीन अर्ब वर्षभन्दा बढी पुराना रहेका थिए । चीनको अभियानले मन्स रुम्केर भनिने उत्तरपश्चिमको उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ ।

Categorized in विज्ञान-प्रविधि