relans
ni new 83
nib 2082 5

चट्याङ लागेर दुई गाई मरे

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २०, शुक्रबार

जिल्लाको सायल गाउँपालिका–१ छपालीमा चट्याङ लागेर दुई गाई मरेका छन् । बिहीबार दिउँसो करीब ४।१५ बजेतिर छपालीको बिनेवाडा टोलका किशन नेपालीको गोठमा चट्याङ पर्दा उहाँका दुइ गाई मरेको इलाका प्रहरी कार्यालय मौवा डोटीले जनाएको छ । कमजोर आर्थिक अवस्थाका कृषक नेपालीका ब्याउने तयारीमा रहेका दुई गाई मरेपछि ठूलो क्षति व्यहोर्नुपरेको छ ।
घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिसकेको भए पनि भौगोलिक हिसाबले अलि टाढा रहेकाले आज प्रहरीले स्थलगत मुचुल्का तयार गर्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । चट्याङबाट गोठको भित्तासमेत भत्किएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बिहीबार जिल्लामा ठूलो हावाहुरीसँगै वर्षात् भएको थियो ।
Categorized in अपराध-दुर्घटना
ppp 2