STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

चट्याङ लागेर आमाछोरा घाइते

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ । घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो । सोही ठाउँका जयसिंह खत्रीको घरमा चट्याङ लागेर ब्याउने भैँसीको मृत्यु भएको छ । चट्याङबाट खत्रीको घरको छानामा लगाइएको टायल फुटेको, विद्युत् वायरिङ पूरै जलेको र ट्युवेलमा पानी तान्न राखेको विद्युतीय मोटर जलेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना