STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चचा नृत्य विषयक छलफल

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १, बुधबार

नेपालमा बज्रयान बौद्धधर्मको प्रवद्र्धन गर्न युवापुस्ताले विशेष ध्यान दिनुपर्नेमा बौद्धविद्वानले व्यक्त गर्नुभएको छ । ‘बौद्ध दर्शन अध्ययन पुचःले आयोजना गरेको बौद्ध दर्शन’ विषयक छलफल कार्यक्रममा बौद्ध विद्वान गुरु यज्ञमानपति बज्राचार्यले नेपालको बज्रयान बौद्ध धर्ममा चचा नृत्यको विशेष स्थान रहेको बताउँदै यसको संरक्षणका लागि ध्यान जानुपर्ने औँल्याउनुभयो । कार्यक्रममा अमेरिकाको मेरिल्याण्डमा ११ वर्षदेखि बौद्ध धर्म तथा संस्कृतिको विकासका लागि योगदान गर्दै आउनुभएका गुरु यज्ञमान शाक्यले बज्रयान बौद्धधर्ममा प्रसिद्ध ‘महाँकाल’ नामक चचा नृत्य प्रस्तुत गर्नुभएको थियो । पैँतीस वर्षअघि चचा नृत्यको शिक्षा हासिल गर्नुभएका चचा गुरु शाक्यले नेवार समुदायमा हरेक पूजा तथा पर्वमा चचा नृत्य गरिने परम्परा रहेको बताउनुभयो । ३५ वर्षअघि चचा गुरु सप्तरत्न बज्राचार्यबाट चचा गीत तथा नृत्य नृत्य सिक्नुभएका शाक्यले चचा नृत्यमा गहन अध्ययन गरिरहनुभएको छ । दश वर्षदेखि स्विडेनमा बसोबास गर्दै आउनुभएका नृत्य गुरु सुदीप बज्राचार्यले बज्रसत्व तथा चचा नृत्य प्रस्तुत गर्नुभएको थियो । बज्रयान बौद्धधर्ममा चचा गीत तथा नृत्यको महत्व, नामसङ्गीतिको ध्यान, भावना तथा मन्त्रका विविध पक्षमा संस्कृत भाषाका विज्ञ प्रकाशमान श्रेष्ठ, सुदीप बज्राचार्य, बौद्धविद्वान यज्ञमानपति बज्राचार्य तथा आनन्दमुनि बज्राचार्यले प्रकाश पार्नुभयो ।
Categorized in उपत्यका