STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

घ्याम्पो फोडी चाँगुनारायण जात्रा मनाइयाे

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १६, शुक्रबार

घ्याम्पो फोर्ने तथा चाँगुनारायण जात्रा काठमाडौंको हनुमान ढोकाक्षेत्रमा मनाइएको छ ।

नेवार समुदायले हनुमानढोकामा यो जात्रा मनाएका हुन् ।

चाँगुनारायणलाई काठमाडौंको हनुमानढोकामा दर्शन गराउन ल्याउने क्रममा ठाउँ-ठाउँमा पुराना माटोको भाँडा फुटाएर अपसगुन देखाउने परम्परा छ ।

लिच्छवीकालदेखि सुरु भएको मानिने यो घ्याम्पो फोर्ने जात्रा चाँगुनारायण, भक्तपुर, ठिमी, कोटेश्वर, तीनकुने, भोटाहिटी, हनुमानढोकालगायतका स्थानमा माटाका पुराना भाडाकुडा फुटाएर मनाइन्थ्यो ।

अचेल यो जात्रा हनुमानढोकामा मात्रै मनाइने गरिन्छ ।

हरेक वर्ष प्रयोग गरिएका माटोका भाँडो फुटाएर चाँगुनारायण सरस्वती तथा लक्ष्मी भगवान्‍को यात्रामा व्यवधान नहोस् भनी भाँडा फुटाउने जनविश्वास रहेको छ । 

Categorized in उपत्यका