relans
ni new 83
nib 2082 5

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ५, आइतबार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते हनुभएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले लामो समयदेखि वडासचिवका रुपमा काम गर्दै आउनुभएको थियो ।
Categorized in अपराध-दुर्घटना
ppp 2