relans
ni new 83
nib 2082 5

घरेलु हतियार प्रयोग गरी पाँजजनाको सामूहिक हत्या

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार

काठमाडाैं - रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० स्थित गंगादेवी गाई फार्ममा काम गर्ने पाँजजनाको हत्या भएको छ। सोमबार राति घरेलु हतियार प्रयोग गरी उनीहरुको हत्या भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ।  हत्या गरिएकामध्ये सैनामैना वालापुरका श्रीमान/श्रीमती माधव मुसहर र जानकी मुसहर तथा सोही स्थानका पोखराज मुसहर रहेका छन् । त्यस्तै अन्य दुई करण चौधरी र आशिष चौधरी तिलोत्तमा नगरपालिकाकै हुन् । गाई फर्मको गोठमै सुतिरहेका उनीहरुको हत्या भएको हो । दुई चौधरी कहिलेकाही फर्ममा काम गर्न आउने गरेका थिए । प्रहरीले हत्याको कारण पहिचान गरिसकेको छैन ।
Categorized in अपराध-दुर्घटना
ppp 2