STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

घनश्याम लामिछानेको निर्देशनमा ‘चित्रा’को निर्माण हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र १८, शनिबार

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘चित्रा’को हालै निर्माण घोषणा गरिएको छ । बिहिबार राम नवमीको अवसरमा सिनेमाको कलाकार तथा प्राविधिकहरुका नाम पनि घोषणा गरिएकोे छ ।

वि सं ३०८० सालको भदौबाट छायांकनमा जाने सिनेमामा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने सिनेमाको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ । सिनेमाले एक सामान्य परिवारको बाबु र छोरीको कथा प्रस्तुतत गर्ने निर्देशन लामिछानेले बताए ।

निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको सिनेमा ‘लण्डन टु पेरिस’  अहिले प्रदर्शनको संघारमा  पुगेको छ । यो सिनेमाको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भईरहेको छ । निर्देशक लामिछानेले यसभन्दा अघि ‘धौली, पञ्चेबाजा, अग्नीदहन’लगायतका सिनेमा निर्देशन गरिसकेका छन् ।

‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतीमा सन्तोष   अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने यो सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन् । अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।

निर्माता अधिकारीले केही समय अगाडी ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

Categorized in सिनेमा